केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा विशेष ध्यान
निर्वाचन केन्द्रित सुरक्षा योजनालाई थप सुदृढ बनाइन एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्ने

काठमाडौँ । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकमा मुलुकको समसामयिक विषय, शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा छलफल भएको छ ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भएको बैठकमा विशेष गरी तराई–मधेसमा देखिएको समस्या समाधानका साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफलेले जानकारी दिनुभयो ।
बैठकमा रौतहटमा सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गर्ने र शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन गर्ने निर्णय भएको प्रवक्ता काफ्ले बताउनुभयो ।
बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूले शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो ।
आगामी निर्वाचन केन्द्रित सुरक्षा योजनालाई थप सुदृढ बनाइन एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्ने र राजनीतिक दलहरुबीच सद्भाव कायम गर्न आग्रह गर्दै निर्वाचन आचारसंहिताको उल्लङ्घन भए कारबाहीको दायरामा ल्याइने पनि निर्णय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्