तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबार इटलीको सामना गर्दै नेपाल

काठमाडौँ । भारत र श्रीलङ्कामा चलिरहेका ट्वान्टी २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार इटलीको सामना गर्दैछ । 

नेपालले टी २० आइमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । टी २० को प्रारूपमा नेपालले इटलीको पहिलो पटक सामना गर्न लागेको हो । तर, ५० ओभरको प्रारूपमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन् ।

इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ । क्यानडामा सन् २००१ मा आयोजना भएको आइसिसी ट्रफीमा नेपाल र इटली एकै समूहमा रहे पनि अन्तिम समयमा इटलीले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै इटली र नेपालको भेट असम्भव भयो ।

नेपाल र इटलीबिचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई पराजित गरेको थियो । सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन ४ मा नेपालले इटलीको सामना गरेको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गर्याे । 

तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन ३ मा भेट भएको थियो । उक्त खेलमा नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो । सन् २०१२ र २०१३ मा आयोजना भएको ट्वान्टी २० विश्वकप ग्लोबल छनोटमा इटली र नेपाल सहभागी भएका थिए । सहभागी भए पनि फरक समूहमा रहेका कारण इटली र नेपालको खेल भने भएको थिएन ।

इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलो पटक टी २० विश्वकपमा स्थान बनाएको हो । विश्वकपको डेब्यु खेलमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको हार बेहोरेको थियो ।

नेपाल अहिले आइसिसीको ट्वान्टी २० वरियतामा १६औँ स्थानमा रहँदा इटली २७औँ स्थानमा रहेको छ । बिहीबार नेपाल इटलीलाई टी २० आइको ३१औँ प्रतिद्वन्द्वी मुलुकको रुपमा रहनेछ ।

जारी आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको हो ।

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका दिएको २४ रनको टार्गेट पच्छ्याएको अफगानिस्तानले १९ रन मात्रै बनाउन सक्यो । ट्रिस्टन स्टब्सले अन्तिम बलमा छक्का प्रहार गर्दै पहिलो सुपर ओभर बराबरी गरे ।

यसअघि नियमित खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १८७ रन बनायो भने अफगानिस्तानले पनि २० ओभरमा १८७ रन मात्र बनाउन सक्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button