मधेस प्रदेशका विभिन्न जिल्लाबाट ६ महिनामा ५३ करोडभन्दा बढीको मालसामान बरामद

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लाबाट ६ महिनामा ५३ करोडभन्दा बढीको मालसामान बरामद भएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट गत ६ महिनाको अवधिमा भन्सार छली ल्याएको ५३ करोड ६१ लाख ४३ हजार ३ सय ८५ रुपैयाँको मालसामान बरामद गरी भन्सारमा बुझाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
जिल्लागत रूपमा सबैभन्दा बढी पर्सा जिल्लामा राजश्व छलिका सामानहरू बरामद भएको छ । पर्सा जिल्लामा ६ महिनाको अवधिमा प्रहरीले ३१ करोड ४८ लाख ११ हजार २ सय ४३ बराबरको मालसामान गरी भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी बारामा ८ करोड ३४ लाख १० हजार ९ सय ९८ रुपैयाँ, सर्लाही जिल्लामा ४ करोड ४८ लाख ४४ हजार ४ सय १५, महोत्तरीमा ३ करोड ७० लाख ६४ हजार ३२, रौतहटमा २ करोड ५५ लाख २१ हजार १८ रुपैयाँ बराबरको मालसामान बरामद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धनुषा जिल्लामा १ करोड ५१ लाख ३ हजार ४ सय १७, सप्तरीमा ९४ लाख ७८ हजार १८ र सबैभन्दा कम सिराहा जिल्लाले ५९ लाख १० हजार २ सय ४४ रुपैयाँ बराबरको मालसामान बरामद गरी सम्बन्धित ठाउँको भन्सार कार्यालयमा बुझाइएको वरिष्ठ प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्