सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय गरेको छ ।

माघ २ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने दिएको ३६ लाख बराबरको अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा सञ्चार मन्त्री खरेलले मानव बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय भएको बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान प्राप्त गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
सञ्चार मन्त्री खरेलले बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने र जापान, भुटान, थाइल्याण्ड लगायतका मुलुकमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्