तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाको राप्ती खोलामा डुबेर एक महिलाकाे मृत्यु

मकवानपुर। हेटौँडाको राप्ती खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–८ घर भएकी ३७ बर्सिया मिलन स्याङ्तान हेटौँडा उपमहानगरपालिका–१२, भोर्ले स्थित माइती घरमा सुत्केरी बस्न आएकी थिइन्।

एक महिनाको शिशु छोडेर माइती घरबाट निस्किएपछि स्याङ्तान सम्पर्कविहीन बनेकी थिइन्। खोजतलासको क्रममा आइतबार दिउँसो माइती घरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ आपधाप नजिकै राप्ती खोलामा डुबेको अवस्थामा उनको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो।

मृतकको शव हेटौँडा अस्पतालमा पोस्टमार्टम पश्चात् जेठाजु चिजबहादुर तामाङले बुझेका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button