तपाईँ सुन्दै हुनुहुन्छः

अग्रज सञ्चारकर्मी माइकल चन्दको निधन

काठमाडाैँ। अग्रज सञ्चारकर्मी माइकल चन्दको ७७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।

उहाँले रेडियो नेपालमा अङ्ग्रेजी भाषाको समाचार सम्पादन, वाचक र कार्यक्रम सञ्चालकका रूपमा तीन दशक भन्दा बढी समय सेवा गर्नुभएको थियो । 

हरिशचन्दको नामले परिचित उहाँले रेडियो नेपालमा अङ्ग्रेजी भाषाको समाचार र कार्यक्रमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ  ।

उहाँको श्रीमती प्रथम नेपाली नायिका भुवन थापा चन्द हुनुहुन्छ भने उहाँका तीन छोरीहरू छन्।

स्वर्गीय चन्दको आइतबार अत्यष्ठि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

उहाँको निधनप्रति रेडियो नेपाल परिवार दुःख व्यक्त गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button