काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।
पुस २० गते आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नेता पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाइएको छ। काठमाडौं–५ बाट नेता पोखरेलले निर्वाचन लड्दै आउनुभएको छ। उहाँको गृह क्षेत्र हो।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।








प्रतिक्रिया राख्नुहोस्