तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा घाम लागेपछि सर्वसाधारणलाई राहत

जनकपुरधाम । करिब डेढ साताको कठ्याग्रीदो जाडो र शीतलहर पछि मधेश प्रदेशका जिल्लाहरूमा आज दिउँसोबाट घाम लागेपछि सर्वसाधारणले राहत पाएका छन् ।

दिउँसो पौने बाह्र बजेपछि शुरु भएको घामले सर्वसाधारणलाई राहत निक्कै राहत मिलेको हो । पश्चिम दिशावाट चलेको चिसो हावाका कारणले बजार क्षेत्रमा कम बनेको चहल पहल बढेर गएको छ । अत्यधिक चिसोका कारणले मधेश प्रदेशका धेरै पालिकाका विद्यालयहरूमा पठन पाठन बन्द गरेर जाडो बिदा गरेका थिए ।

अत्यधिक चिसोका कारणले ज्येष्ठ नागरिक, वृद्ध वृद्धा, असक्त बिरामी, बाथ तथा गेठीया रोगका रोगीहरू पिडित बन्नुका साथै खुल्ला आकाशमा काम गर्ने श्रमिकहरू मारमा परेका थिए । अहिले घरको छत, आँगन, कौसीमा घाम ताप्नुका साथै लुगाफाटाहरू सुकाउन पाएका छन् ।

अत्यधिक चिसोका कारणले चौपायाहरूलाई घर बाहिर निकाल्ने अवस्था नरहेका कारणले उनीहरूको चरीचरणमा समस्या उत्पन्न भएका थिए । घामले चौपायाहरूलाई राहत मिलेको छ । यसका साथै कठ्याग्रीदो जाडो तथा शीतलहरका कारणले तेलहन, दलहन तथा तरकारी बालीमा पनि नकारात्मक असर पारेका थिए ।

उता चिसोबाट वृद्ध, वृद्धा, ज्येष्ठ नागरिक, दलित, विपन्न, सुकुम्बासीलाई लक्षित गरेर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा धनुषाको शहीद नगरपालिकाको वडा नंं ८ डुमरीयाका १०० सय जना तथा मिथिला नगरपालिकाका १ सय ५० जनालाई कम्बल वितरण गर्नुका साथै नेपाली सेनाले जनउत्तरदायित्व अन्तर्गत जनकपुरधाममा ठाउँ ठाउँमा आगो बाल्नका लागि दाउरा वितरण गरेका थिए ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button