स्वास्थ्य कर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

मकवानपुर । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख नारायण बहादुर कार्कीलाई दुव्र्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुलाई उद्धृत गर्दै सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदले जानकारी दिनुभयो ।
शुक्रबार हेटौँडाबाट काठमाडौं जाँदै गरेका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख नारयण बहादुर कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाई झोला र गाडी जाँच गर्दै दुव्र्यवहार गरेका थिए ।
सो विषयमा मन्त्रालयले आजै प्रेस विज्ञप्ती जारी गर्दै कार्कीमाथि भएको दव्र्यवहार प्रति ध्यानाकर्षण सहित खेद प्रकट गर्दै घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाही गर्न सम्बन्धी निकालाई आग्रह गरेको थियो ।
घटनाको चौतर्फी विरोध समेत भइरहेको छ भने दोषीलाई कारवाही गर्न मेडिकल ल्याबरोटरी एशोसियसन अफ नेपाल (मेलान) लगायतका स्वास्थ्यका विभिन्न पेशागत संगठनहरु समेतले माग गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्