प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे–२०२५’ को शुभकामना
काठमाडौं I प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमस डे–२०२५ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा प्रेम, शान्ति, करुणा र सद्भावका सन्देशले समग्र मानवता र समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न सघाउनु पर्ने बताउनुभएको छ। उहाँले क्रिसमस जस्ता पर्वहरूले विविधता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले यस पावन अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना पनि व्यक्त गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्