नेपालगन्ज नाकाबाट ६ सय ८८ जनालाई नेपाल ल्याइयो
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकाबाट गएराति ६ सय ८८ जना नेपालीलाई भारतबाट नेपाल ल्याइएको छ ।
भारतको नानपारास्थित क्वारेन्टाइनमा रहेका समेत गरी ६ सय ८८ जनालाई नेपाल ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।
भारतबाट आउनेहरु बाँके लगायत ४७ जिल्लाका मानिसहरु छन् । सबै जनाको सीमा नाका जमुनाहामा आरडिटी परिक्षण गरी सम्बन्धित जिल्लामा पठाइने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो।
बाँकेका नागरिकलाई सम्बन्धित स्थानीय तहमा र अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गरिएको छ ।
उनीहरुको जमुनाहामा आरडिटी परिक्षण भइरहेको छ । यस्तै हिजो मात्रै १४ सय भारतीय नागरिकलाई जमुनाहा नाकाबाट भारत पठाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्