तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला क्लब च्याम्पियनसिप : भारतको इस्ट बङ्गाल एएफसी विजयी

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल एएफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि ४–० गोलको सानदार जित हासिल गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा इस्ट बङ्गाललाई जित दिलाउन फाजिला इक्वापुटले दुई तथा सुलन्जना राउल र रेस्टी नान्जिरीले गोल गरे । पहिलो हाफमा एक गोल गरेको इस्ट बङ्गालले दोस्रो हाफमा तीन गोल थप्यो ।

जितसँगै इस्ट बङ्गालले शीर्ष स्थानको नेपाल एपिएफ क्लबसँग अंक र गोल भिन्नतामा बराबरी गरेको छ । ट्रान्सपोर्टले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कँराची सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेम्बर २० सम्म चल्नेछ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button