राष्ट्रिय मानव अधिकार महाभेला सुरु
काठमाडौँ। ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला आजबाट सुरु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न १ सय २५ वटा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको आयोजना रहेको राष्ट्रिय मानव अधिकार महाभेलाको गृहमन्त्री ओम प्रकाश अर्यालले उद्घाटन गर्नुभयो ।
महाभेलामा गृहमन्त्री अर्यालले मानव अधिकारको रक्षाका लागि लोकतन्त्र अपरिहार्य भएको भन्दै महिला, बालबालिका तथा सीमान्तकृत समुदायको मानव अधिकार रक्षाका लागि यो सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले मानव अधिकार कानुनी दस्ताबेज मात्रै नभई सामूहिक चेतना भएकाले सबै मिलेर मात्रै न्यायपूर्ण र समावेशी नेपाल बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्ला दिनहरूमा सीमान्तकृत समुदायमा मानव अधिकार उल्लङ्घनका घटनाहरू बढेको मानव अधिकारको रक्षाका लागि स्थानीय तहहरू थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्