तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा आइतबार हुने 

पोखरा । आगामी मङ्सिर १४ गते आइतबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली कम्युनिष्ट पार्टीको प्रदेश स्तरीय सन्देश सभा हुने भएको छ । 

गण्डकी प्रदेश स्तरीय यो कार्यक्रम बिहान ११ः३० बजे सुरु हुने पार्टीले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । उक्त कार्यक्रमको तयारीका लागि जनपरिचालन, स्वयंसेवक, प्रचार–प्रसार, आर्थिक तथा मञ्च व्यवस्थापन सहितका उपसमितिहरू गठन भई अन्तिम तयारी पूरा भएको पार्टीले जनाएको छ ।

सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, प्रभावशाली नेता भिम रावल लगायत गण्डकी प्रदेशका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेता एवं साविक माओवादी केन्द्र गण्डकी प्रदेशका इन्चार्ज दीननाथ शर्माले बताउनुभयो ।

हालसम्म १२ वटा राजनीतिक दल एकीकृत भई बनेको नेपाली कम्युनिष्ट पार्टीमा अन्य १७ वटा कम्युनिष्ट घटकहरू समेत समाहित भएको अवस्थामा एकताको सन्देश दिँदै एकतामा बल हुन्छ भन्ने आत्मविश्वासका साथ उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता जनाउने भएको उहाँले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button