चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–११ बेलभार बस्ने ५९ वर्षीया गोपी थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न गएका साथीहरू भागेका थिए । पछि सामुदायिक वनमा खोजविन गर्दा मृत्यु भएको अवस्थामा थारूको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले बताउनुभयो ।
सँगै घाँस काट्न गएका दुई जना महिला भाग्ने क्रममा घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका–११ बेलभारकी इन्दिरा दहित र मनिषा दहित रहेका छन् । उनीहरूको बारबर्दिया नगर अस्पतालमा उपचार पश्चात् घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो ।
चितुवा नियन्त्रणमा लिनका लागि पासोसहित प्रहरी र वन कार्यालयका प्राविधिक टोली पठाइएको वरिष्ठ वन अधिकृत केसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्