मुख्यमन्त्री शाहद्वारा दानसाँघु पुलको शिलान्यास
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका अन्तर्गत पर्ने दानसाँघु खोलामा पक्की पुलको शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पुलको शिलान्यास गर्नुहुँदै आयोजनाले स्थानीयको जीवनयापन तथा आवतजावत सहज बनाउने बताउनुभयो।

३ करोड ९३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइने पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामका इन्जिनियर जंग थापाले जानकारी दिनुभयो। पी.के. कन्ट्रक्सनले ठेक्का पाएको यो पुल निर्माण सम्पन्न भएपछि बाजुरा, हुम्ला, मुगु र कालिकोटका स्थानीयवासीलाई यात्रा तथा सामग्री ओसार–पसारमा सहज हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेश सभा सदस्य जुना दानी, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्