तपाईँ सुन्दै हुनुहुन्छः

मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, १९१ पुग्यो संक्रमितको संख्या

काठमाडाैं ।  मंगलबार एकै दिन ५७ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षण अनुसार ५७ जनामा कोरोना पुष्टि भएको छ । ति सबै पुरूष रहेका छन् । संक्रमित मध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना रहेका छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक माघ गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button