एनपीएल खेलमा टिकट नपाएका दर्शकलाई खेल स्थल वरिपरि भीड नगर्न प्रहरीकाे आग्रह
काठमाडौँ I नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणअन्तर्गत हुने आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जनाइएको छ।
प्रहरीका अनुसार २०८२ मङ्सिर ८ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा जारी लिगअन्तर्गत आज हुने खेलका सबै टिकट ‘सोल्ड–आउट’ भए सँगै टिकट नपाएका दर्शकलाई अनावश्यक रूपमा खेल स्थल वरिपरि भीड नगर्न प्रहरीले आग्रह गरेको छ।
भीड व्यवस्थापन र सुरक्षा प्रभावकारी बनाउन सहयोग पुर्याउन भन्दै प्रहरीले दर्शक तथा सर्वसाधारणलाई नागरिक उत्तरदायित्व पूरा गर्न विशेष अनुरोध गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्