तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

जनकपुरधाम । मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाको विरोधमा जनकपुरधाममा सात दलका नेता तथा कार्यकर्ताहरूले आज विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले बिहान देखि मधेश प्रदेश भवन अगाडी टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको गमला सहितको संरचनामा तोडफोड गरेर नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीहरूले गेटअगाडि राखिएका गमला तथा स्वागतका लागि राखिइएको पितलको गाग्रोहरू तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रदेश प्रमुखको विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।  

प्रदर्शनकारीहरूको एक समूहले कार्यालयको प्रवेशद्वारमा रहेका सजावटी गमलाहरूमा क्षति पुर्याएको छ । आक्रोशित भीडले थप क्षति गर्ने सम्भावनालाई ध्यानमा राखेर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने काम भएको छ ।

अहिले अवस्था शान्त भएपनि सात दलका नेता तथा प्रदेश सभाका सदस्यहरु, कार्यकर्ताहरू मधेश भवन क्षेत्र, मुख्यमन्त्री कार्यालय सहितका क्षेत्रमा रहेका छन् । यता नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना पनि मधेश प्रदेश भवन क्षेत्रमा ठूलो सङ्ख्यामा परिचालित रहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button