तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा सञ्चालित निःशुल्क हाडजोर्नी शिविरमा एक हजार ६सय बढीले लिए सेवा

बाजुरा । जिल्ला अस्पताल बाजुरामा सञ्चालन भएको निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरङ्ग (ओपिडी) शिविर सम्पन्न भएको छ।

कार्तिक १७ गतेदेखि सुरु भएको उक्त पाँच दिने शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

शिविरका क्रममा १ हजार ६ सय ६० जना बिरामीले विभिन्न सेवा लिएका छन् भने ९२ जनाको शल्यक्रिया (अपरेशन) गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका डा। मुक्ति तिमिल्सिनाको नेतृत्वमा आएको विशेषज्ञ सहितको चिकित्सक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। गरिब, अपाङ्ग, असहाय तथा शारीरिक रूपमा ग्रस्त नागरिकहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताउनुभयो ।

शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात–खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाँचिएका तथा बाङ्गिएर जोडिएका, भाँचिएको ठाउँमा पाता वा किला राखिएका बिरामीहरूको उपचार गरिएको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button