तपाईँ सुन्दै हुनुहुन्छः

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

भद्रपुर, झापा। झापामा रगतको अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जिल्लामा रगतको अभाव भएको जनाएको हो । जिल्लामा रहेका छ वटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र संघ–संस्थालाई रेडक्रसले आग्रह गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले लगातार भएका चाडपर्व र विपद्का कारण रगत अभाव भएकाले रक्तदानका लागि अपिल गरिएको बताउनुभएको छ ।

अस्पतालमा मिर्गौलाको डायलासिस गर्ने र अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिने जानकारी दिँदै सभापति ढकालले रगत दानका लागि सबैलाई आग्रह गरिएको बताउनुभयो ।

झापाले ‘जेनजी’ प्रदर्शनका क्रममा १५०० पिन्ट रगत काठमाडौँ पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button