कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा छठ पर्वको शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छठ पर्वको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सूर्य भगवानको आराधना गरेर श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने यो पवित्र पर्वले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रूपमा स्थान पाएको बताउँदै उहाँले सबैमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ,“छठ पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”
खड्काले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुकका रूपमा उल्लेख गर्दै हाम्रा विविध चाडपर्वहरूले सबै नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा बाँध्ने कार्य गरिरहेको बताउनु भएकाे छ । उहाँले यस्ता पर्वहरूले सामाजिक सम्बन्ध सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पुर्याउने माध्यमका रूपमा पनि कार्य गरिरहेकाे सन्देशमा उल्लेख गर्नुभएकाे छ ।
कार्यवाहक सभापति खड्काले छठ पर्वले सबैका घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गरोस् र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भनी शुभकामना व्यक्त गर्नु भएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्