तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

गोरखा ।  गोरखा बजारमा गाडीले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भएका शिव मजाकोटी भएको गोरखा प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ को नयाँ बजार बस्दै आएका मजाकोटीलाई सोही वडाको कालोबर सडक खण्डमा ना ४ च ८३९१ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाइते मजाकोटी गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । घटनामा संलग्न सवारी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा पछिल्लो १५ दिनमा गोरखाका ६ जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button