तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : संयोजक प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन अगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । 

महोत्तरी जिल्लामा आज आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरधाम आउनु भएका संयोजक प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्तरिम सरकारले हिजो  विभिन्न दलहरूसँग वार्ता गरेकाले सरकार निर्वाचन प्रति गम्भीर भएको आफूले महसुश गरेको बताउनुभयो ।

उहाँले अन्तरिम सरकारले तय गरेको समयमै निर्वाचन सम्पन्न सरकारले निर्वाचनको वातावरण बनाउनका लागि थप गम्भीर भएर काम गर्न सुझाव पनि दिनुभयो । संयोजक प्रचण्डले लोकतन्त्रको सबैभन्दा उत्तम माध्यम नै निर्वाचन भएकोले यसबाट कोही पनि पछि हट्न नहुने बताउनुभयो । 

पूर्व प्रधानमन्त्री समेत रहनु भएका संयोजक प्रचण्डले जेनजी आन्दोलन पछि सबैभन्दा पहिले अपिल गर्ने पार्टी आफूहरूको रहेको भन्दै अहिले भ्याली बाहिर मधेसमा आएर कार्यक्रम गर्ने पार्टी पनि नेकपा माओवादी केन्द्र नै भएको दाबी गर्नुभयो । 

उहाँले छठपछि समाजवादीभित्र रहेका पार्टीहरूबिच नयाँ परिस्थिति उत्पन्न भएर वामपन्थी एकता हुन सक्ने पनि बताउनुभयो । संयोजक प्रचण्डले ध्रुवीकरणको कुरा समाजवादीभित्र चलिरहेको हुनाले छठपछि एकताको नयाँ परिस्थिति आउने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button