सुशासनको अनुभूति हुने गरि सेवा प्रवाह गर्न मुख्यमन्त्री सोनलको निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशमा शान्ति सुरक्षा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरि काम गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री सोनलले प्रदेशका सुरक्षा निकायका प्रमुखहरू तथा प्रदेश सरकारका सचिवसँगको आज मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठकमा बोल्दै जनतालाई छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समयमा जेन्जी पुस्ताबाट भएको आन्दोलनको मर्मअनुसार सुशासन तथा छिटो छरितो रुपमा सेवा प्रवाह गर्नु सरकारको दायित्व भएकाले सोही अनुसारको गतिविधि गर्नका लागि सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभयो ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका मधेश प्रदेश स्थित प्रमुखहरू तथा मधेश प्रदेश सरकारका प्रमुख सचिव र विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्