टीकापुरमा छ हजार आठ सय लिटर घरेलु मदिरा नष्ट
टीकापुर कैलाली । ईलाका प्रहरी कार्यालय टीकापुरले लकडाउनको समयमा बरामद गरेको घरेलु मदिरा नष्ट गरीएको छ ।
टीकापुर नगरपालिका र जानकी गाउपालिकाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरिएको छ हजार, आठ सय लिटर घरेलु मदिरा आज नष्ट गरिएको हो ।
आज बिहान ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख हिरालाल चौधरी, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल, टीकापुर उद्यँेग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, पत्रकार, व्यापारीको रोहवरमा मदिरा खाल्डोमा गाडी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सोही अवधिमा बरामद गरिएका विभिन्न १७ ब्राण्डका एक हजार दुई सय ६२ बोतलमा सिल प्याक मदिरा कर दाता सेवा कार्यालय लम्कीमा पठाइएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्