तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा बोलेरो जीप दुर्घटना, एक महिलाको मृत्यु

डोटी। डोटीको बडिकेदार गाउँपालिका–३ देवलस्थित भित्री कच्ची सडक खण्डमा गएराति बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

घटनामा जीपमा सवार सोही ठाउँ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ९ जना यात्रु सवार थिए भने अन्य सबै जना सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, कैलालीको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका २७ वर्षीय सरोज बि.क.ले चलाएको सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जीप कैलाली सुखडबाट देवलतर्फ जाँदै गर्दा बिहान करिब १:३० बजे सापट भाँचिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो।

घटनापछि प्रहरी सहायक निरीक्षक पदमराज भट्टको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button