मधेश प्रदेश सभाको बैठक २८ गते बस्ने
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक अगामी असोज २८ गते १ बजेका लागि बोलाइएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनुपर्ने भएकाले पर्सी २८ गते मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव वासु प्रसाद कोइरालाले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने भएकाले सबै प्रदेश सभा सदस्यहरूको जानकारीका लागि सूचना जारी गरिएको सचिव कोइरालाले सूचनामा उल्लेख गर्नुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई दिएको विश्वासका मत उनकै पार्टी जनमत पार्टी, नेकपा एमाले तथा नेपाली काँग्रेसले फिर्ता लिएपछि मुख्यमन्त्रीले असोज २८ गते प्रदेश सभाबाट विश्वासका मत लिन लाग्नुभएको हो । बहुमतका लागि मधेश प्रदेश सभामा हाल कायम रहेको १०५ मध्ये ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।








प्रतिक्रिया राख्नुहोस्