दसैँको अवधिमा झापामा ५५ वटा दुर्घटना, ४ जनाको मृत्यु
भद्रपुर, झापा । यस वर्षको दसैँमा झापामा ५५ वटा सवारी दुर्घटना भएको छन् भने उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।
यही असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्ममा जिल्लामा दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।
सो अवधिमा ५५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ६ जना गम्भीर घाइते र १०६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको दसैँमा दुर्घटना सङ्ख्या र दुर्घटनाबाट भएको क्षति घटेको छ । गत वर्षको दसैँमा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्