संविधान विपरीत अन्तरिम सरकार गठन भएको पूर्व प्रधानमन्त्री ओलीको आरोप
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान र लोकतन्त्रको मर्म अनुसार नबनेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजना गरिएको भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले पूर्व प्रधान न्यायाधीश वा न्यायाधीश कुनै सरकारी ओहदामा बस्न नमिल्ने संवैधानिक व्यवस्था विपरीत अहिले अन्तरिम सरकार बनेको उल्लेख गर्नुभयो ।
उहाँले, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता जोगाउन आफ्नो दल सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज अनेक पुस्ताको संयोजनबाट सञ्चालन हुने बताउँदै जेन–जी युवाको नाममा बाह्य शक्तिले पुस्ता विभाजन गरी अराजकता फैलाएर राष्ट्रिय एकता कमजोर पार्ने प्रयास भएको बताउनुभयो ।
नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउने तथा अराजकता फैलाउने कार्यमा संलग्न सबै व्यक्तिको छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्