तपाईँ सुन्दै हुनुहुन्छः

कुमारीलाई तलेजुको दर्शन गराइयो

काठमाडौँ।नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताउनुभयो । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button