तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेको सचिवालय बैठक आज पहिलो पटक बसेको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले आन्दोलनपछि गत भदौ २४ गते राजीनामा दिनुभएको थियो । एमालेमा भावी राजनीतिक यात्रा, जेनजीहरुको मागको सुनुवाइ र नेतृत्वमा पुस्तान्तरणको बहस पनि हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button