विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौँ । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगिताको पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलामा प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीको लङ जम्पमा चुनौती प्रस्तुत गर्नेछिन् । दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्