तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको ऐतिहासिक रामलिला स्थगित

बाँके। १५७ वर्षदेखि निरन्तर चल्दै आएको बाँकेको ऐतिहासिक रामलिला यस वर्ष ‘जेन–जी’ आन्दोलनका कारण स्थगित भएको छ ।

रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाका अनुसार सुरक्षाजन्य कारण र कलाकार भारतबाट नआउन सक्ने भएकाले पूर्ण कार्यक्रम रोकिएको हो । तर रावण बधको सामान्य कार्यक्रम भने गर्न सकिने उनले जानकारी दिए ।

यसअघि कोभिड–१९ महामारीका बेला पनि दुई वर्ष रामलिला रोकिएको थियो । नेपालगञ्जको मौलिक इतिहास बोकेको यो महोत्सवलाई यहाँको अवधी समुदायले संरक्षण गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button