तपाईँ सुन्दै हुनुहुन्छः

कारागारबाट भागेका थप दुई कैदी झापामा पक्राउ

भद्रपुर, झापा । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थप दुईजना कैदी झापामा पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरू धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् ।

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दिनेश सोरेनलाई आज दिउँसो कनकाई–६ मा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । कर्तव्य ज्यान मुद्दामा झापा गाउँपालिका निवासी सोरेन कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले आठ वर्ष कैद भुक्तान गरिसकेका छन् ।

त्यस्तै, नेपालको कारागारबाट भागेर भारत पुगेका एक भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय केचनामा बुझाइएको छ ।

हिजो भारत किसनगञ्जको सुखानीमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत सीतामडी हाजिपुर घर बताउने अन्दाजी २३ वर्षीय नवलकिशोर नामका व्यक्तिलाई नेपालको कारागारबाट भागेको हुनसक्ने शङ्का लागेर भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button