तपाईँ सुन्दै हुनुहुन्छः

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, १७ लाख बराबरको क्षति

झापा । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा चार वटा छाप्रा जलरे नष्ट भएका छन् ।आगलागीबाट अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको जनाइएको छ ।

आज बिहान राती २ः०० बजेको समयमा शिविरको वी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको छाप्राबाट अचानक आगलागी भई चापागाँईसहित छिमेकी पदम चापागाँई, रुप नारायण दुलाल र हर्क बहादुर सुब्बाको समेत छाप्रा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा राती साँढे ३ बजे तिर नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button