विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता तथा कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्भाव र अमन चयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
“जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु”, उहाँले लेख्नुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा तथा भर्त्सना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्