तपाईँ सुन्दै हुनुहुन्छः

जंगली जनावर चित्तल मारेको आरोपमा दुई जना पक्राउ

तुलसीपुर । दाङमा जंगली जनावर चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र मान सिङ्ग ओली रहेका डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रबीण बिडारीले जानकारी दिनुभयो ।

मङलवार बेलुका पानी खान रिहारको तलाउमा आएको चित्तललाइ आरोपी दुबैजनाले ढुङा र भट्टाले हानेर मारेको वन कार्यालयले बताएको छ ।

डिभिजन वन कार्यालय देउखुरीले यस क्षेत्रमा रहेका आठ वटा सब डिभिजन वन कार्यालयलाई कठिन परिस्थिति सङ्ग जुधेर वन संरक्षण गर्न लाग्न निर्देशन दिएको छ ।

पछिल्लो समय डिभिजन वन कार्यालय देउखुरीले अनुगमन र गस्ती कार्यलाई निरन्तरता दिदै आएको छ ।

लकडाउनको बेलामा वन जङ्गलमा हुने सम्भावित चोरी तस्करीलाई नियन्त्रण गर्न जोखिम मोलेर नियमित गस्ती गरिरहेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button