तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु तथा साना उद्योग मार्फत ४ करोड बढी राजश्व सङ्कलन

बाँके। लुम्बिनी प्रदेशमा एक वर्षमा घरेलु तथा साना उद्योग मार्फत प्रदेश सरकारले ४ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालय मार्फत गत साउन सम्मको अवधिमा ४ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ राजश्व सङ्कलन भएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा रुपन्देही घरेलु तथा साना उद्योग कार्यालय मार्फत एक करोड २४ लाख ५३ हजार एक सय सात रुपैयाँ राजस्व सङ्कलन भएको छ । बाँकेमा ७३ लाख ४८ हजार सात सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने नवलपरासी पश्चिममा ३१ लाख ८२ हजार सात सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कपिलवस्तुमा ३६ लाख ५१ हजार पाँच सय ६० रुपैयाँ, दाङमा ६६ लाख ४९ हजार छ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी बर्दियामा ४२ लाख ४३ हजार ३० रुपैयाँ ,पाल्पामा १९ लाख ३८ हजार एक सय ६२, गुल्मीमा १८ लाख ८६ हजार एक सय ७५ रुपैयाँ, अर्घाखाँचीमा ६ लाख ९३ हजार चार सय ७७ रुपैयाँ, प्युठानमा ११ लाख ४५ हजार एक सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

रोल्पा जिल्लामा १६ लाख ५६ हजार दुई सय ६५ रुपैयाँ,रुकुम पूर्वमा तीन लाख ५३ हजार आठ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button