तपाईँ सुन्दै हुनुहुन्छः

पैगम्बर मोहम्मदको १५००औँ जन्मजयन्ती धुमधामसहित मनाइयो

बाँके। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५००औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बाँकेलगायतका जिल्लामा ¥याली र सभासहितका कार्यक्रम आयोजना गरिएका छन् ।

पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का शहरमा भएको थियो । हिजरी संवत् उनको जन्मपछि ५३ वर्षमा सुरु भएको हो । हाल हिजरी संवत् १५०० चलिरहेको छ । मुस्लिम समुदायको विश्वास अनुसार कुरान मोहम्मदमाथि मक्कामै अवतरित भएको थियो । त्यसपछि मक्का र मदिना इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल बनेका हुन् ।

यस अवसरमा संघीय सरकारले सामुदायिक बिदा दिएको छ भने बाँकेका नरैनापुर, जानकी, डुडुवा र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन् । नेपालगन्जमा आयोजित र्यालीमा सहभागी हुँदै पूर्व मन्त्री तथा जसपा केन्द्रीय महामन्त्री मोहम्मद इस्तियाक राईले पैगम्बर मोहम्मदको योगदान स्मरण गर्दै सद्भावपूर्ण ढंगले ‘मोहम्मद डे’ मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button