मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ कोल्ड स्टोर नजिक सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
अन्दाजी ४५ वर्षीय बहादुर रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल बजारबाट घरतर्फ जाँदै गर्दा दिउँसो करिब २ः१५ बजे अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनापछि सडकबाट नालामा खसेका रानाको टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको थियो । घाइतेलाई तत्कालै नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । तर, उपचारका क्रममा रानाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्