तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली फुटबल टोलीका कप्तान चेम्जोङ प्रशिक्षणमा

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ प्रशिक्षणमा फर्किएका छन् ।

नेपालले सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । किरण बङ्गलादेशको लिग खेल्न गएका थिए । प्रि–सिजनका खेल खेलेर उनी फर्किएका हुन् ।

३५ वर्षीय किरण लामो समयदेखि क्लबविहीन भएपछि बङ्गलादेशी पुलिस क्लबमा अनुबन्ध भएका थिए । यो उनको चौथो विदेशी क्लब हो ।

यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोट्र्स क्लब, भारतको मिनर्भा पन्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलिसकेका छन् । सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button