तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा गर्भवतीलाई निशुल्क एम्बुलेन्स

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

लकडाउनको अवधीमा आर्थिक अवस्था कमजोर तथा दैनिक ज्याला मजदुरी गर्ने सुत्केरी तथा गर्भवतीहरुलाई उप–नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने धनगढी उपमहानगरपालिकाकि उपमेयर शुसिला मिश्र भट्टले जानकारी दिनु भयो । उहाँले सेती पा्रदेशिक अस्पतालको प्रसुती गृह सम्म मात्रै निःशुल्क सेवाको व्यवस्था गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button