‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभामा टेबुल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ ।
प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गर्नुभएको हो ।
यस्तै, संयुक्त समितिको अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ । सभामुखको आसनमा रहनुभएका उपसभामुख इन्दिरा रानामगरले राख्नुभएको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो ।
यसअघि सो समितिको सभापति रहनुभएका ईश्वरी न्यौपानेले राजीनामा दिई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहनुभएका खतिवडाले राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्