तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयअनुसार भदौ ११ देखि १३ गते शुक्रवार सम्मका लागि बिदा दिइने बताउनुभयो । त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । 

महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न गराउन अनुरोध गरेको छ । 

यसअघि यहाँ आइतबार र सोमबार बिदा दिइएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button