तपाईँ सुन्दै हुनुहुन्छः

महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्यायको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तीज मनाउने सम्पूर्ण नेपाली नारीप्रति शुभकामना व्यक्त गर्नुहुँदै उहाँले असमानताको अन्त्य गरी समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । 

विभिन्न मौलिक पर्वहरूले विविधतामा एकता, धार्मिक, सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशका मौलिक  संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button