तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ I स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । 

सुनको मूल्य तोलामा रु एक हजार ५०० र चाँदीमा रु पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । 

सोमबार एक तोला सुन रु एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रय विक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button