समाजवादी यात्राको आधार उत्पादन अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन भएको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उहाँले भन्नुभयो, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्यसको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।”
हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्घर्ष’ निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने अध्यक्ष दाहालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्