तपाईँ सुन्दै हुनुहुन्छः

मोती जयन्तीका अवसरमा तिन स्रष्टा सम्मानित

बागलुङ । कला र साहित्यसँग सम्बन्धित तिन व्यक्तित्व बागलुङमा सम्मानित  हुनुभएको छ । 

१ सय ६० औ मोती जयन्तीका अवसरमा  धौलागिरि साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवल कला मन्दिर, स्मृति प्रकाशन र विद्यामन्दिर पुस्तकालयले संयुक्त रूपमा साहित्यिक कार्यक्रमको आयोजना गरी कला सङ्गीत र साहित्य क्षेत्रका गरी तिन जनालाई सम्मान गरेको हो ।

धवल कला मन्दिरले प्रदान गर्दै आएको यस वर्षको धवल कला सम्मानबाट बागलुङ बजार निवासी कलाकार सुमनजङ्ग राजभण्डारी र शिव प्रसाद शाक्य लाई प्रदान गरिएको छ  ।

यस्तै स्मृति प्रकाशनले प्रदान गर्दै आएको यस वर्षको स्मृति युवा सम्मान बानपा ३ निवासी सर्जक चन्द्र बहादुर क्षेत्री, चन्द्र सूर्यलाई प्रदान गरिएको छ । सम्मानित कलाकार र साहित्यकार त्रय लाई प्रमुख जिल्ला अधिकारी कुमानसिहँ गुरुङ र धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनले संयुक्त रूपमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button