तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा लकडाउन उल्लङ्घन गर्ने एक सय ३६ जना कारबाहीमा

बैतडी । बैतडीमा लकडाउन उल्लंघन गर्ने एक सय ३६ जना कारबाहीमा परेका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । लकडाउन सुरु भएदेखि हालसम्म उक्त संख्यामा कारबाहीमा परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाडिएको उहाँले बताउनुभयो । अनावश्यक रुपमा हिड्डुल गरि लकडाउन उल्लंघन गरेको हुनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

यस्तै उक्त अवधिमा लकडाउन उल्लंघन गर्ने सात सवारी कार्वाहीमा परेका छन् । लकडाउन उल्लंघन गरिएका सवारी धनिबाट जरिवानासहित कारबाही गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट बिना पास सवारी साधन चलाइरहेका उनीहरुलाई कारबाही गरिएको हो ।

लकडाउनका बेला अनावश्यक रुपमा बाहिर ननिस्किन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button